प्रहरीलाई पसलमा आश्रय दिने जानकीलाई क्षतिपूर्ति दिन सिडिओले पहल गर्ने

काठमाडाैँ । प्रहरीलाई आन्दाेलनकारीबाट जाेगाउने बुद्धनगरकी जानकीको पसलमा पुगेकाे क्षतिकाे काठमाडाैँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी र काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले निरीक्षण गरेका छन् ।

निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी रिजालले जानकीकाे पसलमा भएकाे क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने बताएका छन् ।

‘कति क्षति भएको छ । त्यसको विवरण संकलन गरिरहेका छौँ । प्रारम्भिक मुचुल्का भइसकेको छ’, उनले भने, ‘यो विषयमा हामीले हाम्रो तालुक मन्त्रालयमा जानकारी गराउँछौँ । त्यसपछि केही न केही सम्बोधनचाहिँ होला ।’

निरीक्षणका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक गिरीले प्रहरीको तर्फबाट जानकीलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *