सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुग्याे

काठमाडाैँ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ ।

सेनाले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पत्ति ५९ अर्ब ९५ करोड ८९ लाख रहेको जानकारी दिएको हो ।

हाल कोषको नगद मौज्दात ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँँ रहेको छ । कोष अन्तर्गतका निकायहरूमा ५ अर्ब ८३ करोड १४ लाख रुपैयाँ लगानी भएको सैनिक कल्याणकारी महानिर्देशनालयका सह निर्देशक महासेनानी पुरन घलेले जानकारी दिए । उनले सैनिक कल्याणकारी महानिर्देशनालय अन्तर्गत सैनिक तथा भूपू सैनिक केन्द्रित कार्यक्रम गरिएको बताए ।

यस्तै, सेनाले बजेट सुनिश्चित र अरू कुनै आकस्मिक समस्या नआए तोकिएको समयमा नै तराई–मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न हुने बताएको छ । पत्रकार सम्मेलनमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले आयोजनाका विषयमा देखिएको समस्याहरू क्रमशः समाधान भइरहेको र २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी दावी गरे । उनले आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्नका लागि डिजाइनको निर्माण सकिएको जानकार दिए ।

पत्रकार सम्मेलनमा नेपाली सेनाले मातहतका निर्देशनालयबाट भएका कामका बारेमा जानकारी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *