जर्मनीमाथि आयरल्यान्डको फराकिलो जित

काठमाडाैँ । टी-२० विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ए अन्तर्गत समूह ‘ए’ मा सोमबार भएको खेलमा आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जर्मनीले आयरल्यान्डलाई १ सय ८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा उक्त लक्ष्य आयरल्यान्डले १३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको जर्मनी खराब ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनाएको थियो । जर्मनीका लागि फैसल मुबासीरले सर्वाधकि ४५ रनको अविजित इनिङ खेले । त्यस्तै थप दोहोरो रनको स्कोरका रुपमा ड्यालन ब्लिगनटको २२ रन रह्यो । अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् । आयरल्यान्डका लागि जोस लिटिल र एन्डी म्याक्ब्रीनले समान २-२ विकेट लिए ।

१०८ रनको लक्ष्य लिएर जवाफि ब्याटिङ गरेको आयरल्यान्डले १३.१ ओभरमानै लक्ष्य भेटायो । राम्रो सुरुवात गरेको आयरल्यान्डले पिहलो विकेटका लागि पउल स्ट्रलिङ र कप्तान एन्डि बालबिर्नेले ६७ रनको साझेदारी गरे । पउलले ३४ रन बनाउँदा एन्डिले ३२ रन जोडेका थिए । त्यस्तै ह्यारी टेक्टर २४ रनमा अविजित रहँदा उनलाई लोरकान टुकेरले ९ रनमा साथ दिए । त्यस्तै ग्यारेथ डेलानीको नाममा ११ रन रह्यो । जर्मनीका मुल्सीम यारले २ विकेट लिंदा अर्को एक विकेट भेनकाट्रमान गनेशनको नाममा रह्यो ।

जितसँगै आयरल्यान्ड ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । तर सेमिफाइनलको तय गर्ने दुई टीमको टुगो भने युएई र बहराइनबिचको खेलपछि तय हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *