रुसले युक्रेनमा ‘फुल स्केल हमला’ गर्ने योजना बनाएको नाटो प्रमुखकाे घोषणा

बर्लिन । नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतवार रुसलाई ‘झूटा बहानामा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गर्ने योजना बनाएको’ आरोप लगाएका छन् ।

‘रुसले भनेझैँ कुनै पनि सेना फिर्ता गरिएको छैन, तर नयाँ सेना थपिँदैछ, स्टोल्टेनबर्गले जर्मन सार्वजनिक प्रसारक एआरडीलाई सो कुरा बताएको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ । एजेन्सीका अनुसार नाटो प्रमुखले गठबन्धनको स्थापना सन्धिलाई उद्धृत गर्दै पूर्वतर्फ विस्तार नगर्ने आफ्नो वाचा तोडेको नाटोको आरोपलाई पनि अस्वीकार गरेका छन् ।

यस महिनाको ८ तारिखमा युरोपेली संघमा चिनियाँ मिसनले नाटोको थप विस्तारको विरोध गरेको थियो । ‘शीतयुद्ध समाप्त भएको तीस वर्षपछि नाटोले आफ्नो भौगोलिक दायरा र सञ्चालनको दायरा विस्तार गर्न जारी राखेको छ र ब्लक राजनीति र टकरावमा संलग्न छ । यो विश्वव्यापी सुरक्षा र स्थिरताको लागि अनुकूल छैन’, चीनको टिप्पणी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *