नाराबाजीकाबीच संसदमा एमसीसी पेश

काठमाडौँ । सरकारले एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अमेरिकी परियोजना एमसीसी पेश गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव संसदमा पेश गरेका हुन् । कार्कीले अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट प्रस्ताव पेश गरेका हुन् ।

कार्यसूचीमा अर्थमन्त्री शर्माले नै प्रस्ताव पेश गर्ने तय गरिएको भएपनि उनी संसदमा उपस्थित नभएपछि मन्त्री कार्कीले पेश गरेका हुन् ।

सत्ता गठबन्धनका दलहरूबीच भएको सहमतिपछि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय भएको कार्यसूची बमोजिम प्रस्ताव संसदमा पेश भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *