नयाँ बानेश्वर क्षेत्रमा तनाव, प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र

काठमाडौँ । अमेरिकी परियोजना एमसीसीको विरोधमा प्रदर्शन चर्किएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबल हुने भएपछि आक्रोशित भएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका छन् ।

उनीहरू बानेश्वर चोकमा पुगेका छन् । प्रहरीले आश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बानेश्वर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *