रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिकै ठूलो युद्धको योजना बनायाे : बोरिस जोनसन

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना बनाएकाे बताएका छन् ।

उनले अहिलेसम्म प्राप्त प्रमाणहरूका आधारमा रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको तयारी गरिरहेको बताएका हुन् ।

समाचार संस्था बीबीसीसँग कुरा गर्दै उनले रुसले युक्रेनको राजधानी किभलाई घेरेर आक्रमण गर्ने अन्तिम तयारी गरेको प्रमाणहरू गुप्तचर निकायले प्राप्त गरेकाे बताएका छन् । युक्रेनको सीमा क्षेत्रमा रुसले झण्डै एक लाख ९० हजार सेना तैनाथ गरेको पश्चिमा देशहरूले दाबी गर्दै आएका छन् ।

यस्तै युक्रेनबाट टुक्रिएको पूर्वी क्षेत्रमा ठूलो सङ्ख्यामा विद्रोही सेनाहरू रहेका छन् । रुसले तीनै विद्रोही सेनालाई भड्काएर युक्रेनमा आक्रमण गर्ने र आफू प्रवेश गर्ने योजना बनाएको अमेरिकाले बताएको छ । विद्रोही सेनाले गराएको विस्फोटमा हिजो एक जना युक्रेनी सैनिकको ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *