पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै चार लाख नगद राशिसहितको पुरस्कार प्राप्त गरे ।

पोखरा म्याराथनमा यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पुरा गर्दै कीर्तिमानी कायम गरेका थिए । उनकाे कीर्तिमानीलाई काेसगेईले तोडेका छन् । काेसगेई पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १५ औँ संस्करणमा जापानीज धावकले उपाधि जितेका थिए ।

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको खुला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावक सिमिओन किप्लागातोले जिते । उनले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा दौड पुरा गर्दै दुई लाख नगर राशिको पुरस्कार प्राप्त गरेका हुन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईँले जितेकी छिन् । हाफ म्याराथनमा सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठ दोस्रो बनिन् ।

हाफ म्याराथनको विजेताले १ लाख, उपविजेताले ७५ हजार पुरस्कार पाएका छन् । खुला म्याराथनमा १६२ र हाफ म्याराथनमा ३९ जना सहभागी थिए । विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *