एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न बिहान ११ बजेपछि नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।

पार्टीले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने महासचिव डा. वेदुराम भुसालले जानकारी दिए । उनकाअनुसार बैठकमा देशभरको सांगठनिक गतिविधि, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटी बैठकबाट पार्टीले एमसीसीको आधिकारिक निर्णय लिने भन्दै समय माग गरेका थिए । उनको आग्रह अनुसार प्रधानमन्त्री देउवाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *