अमेरिकाले नेपालमा ‘धम्की कूटनीति’ शुरू गर्‍याे : चीन

काठमाडौँ । चीनले अमेरिकाले नेपालमा ‘धम्की कूटनीति’ शुरू गरेको आरोप लगाएको छ । बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वन पिनले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरू गरेको आरोप लगाएका हुन् ।

उनले चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी पनि दिए । एमसीसी पारित गर्न अमेरिकाले नेपालमा दबाब दिइरहेको उनको आरोप छ ।

‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममाधम्की कुटनीतिु शुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ’ उनले भने । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने परराष्ट्र प्रवक्ता वाङको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *