सर्वाेच्च अदालतकाे फुल काेर्ट बस्दै, न्यायालय सुधारबारे छलफल हुने

काठमाडाैँ । शुक्रबार सर्वोच्च अदालतको फुल काेर्ट बस्दै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेपछि सर्वोच्चमा वरिष्ठतम् न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । उनले शुक्रबार सर्वोच्चको पूर्ण बैठक राखी आफ्नो सक्रियता देखाउन शुरूवात गर्न लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *