भारतमा शृंखलाबद्ध बम विष्फाेटका ३८ जना दाेषीलाई फाँसी

काठमाडौँ । सन् २००८ मा भारतकाे अहमदावादमा भएकाे शृंखलाबद्ध बम विष्फाेटका दाेषीहरूमध्ये ३८ जनालाई फाँसीकाे सजाय हुने भएकाे छ ।

अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् । त्यस्तै, दाेषीहरूमध्ये ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरूले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।

अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।

सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए । उक्त बिष्फोट इण्डियन मुजाहिद्दीनले गराएको भारतीय प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *