बिरामीको मृत्युपछि अस्पतालमा तनाव

विराटनगर । सुनसरीका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले विराटनगरमा रहेको लाईफगार्ड अस्पतालमा प्रदर्शन गरेका छन् ।

सुनसरी बर्जु गाउँपालिकाका २२ वर्षीय धनीलाल उराव घरमै लडेर खुट्टा र टाउकोमा सामान्य चोट लागे अस्पताल आएकोमा उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित भएका हुन् ।

मदिरा सेवनबाट लडेर उपचारका लागि ल्याइएका उरावको शुरूमा स्वास्थ्य अवस्था ठिक रहेको आफन्तको भनाइ छ । उपचारका क्रममा एक्स–रे गरेर हेर्दा सामान्य रहेको जानकारी डाक्टरले आफन्तलाई दिएको तर राती एक्कासी बिरामीको मृत्यु भएको मृतकका आफन्तको भनाइ छ ।

शुरूमा स्वास्थ्य अवस्था सामान्य रहेको भनिएको भएपनि पछि डाक्टरको लापरवाहीले मृत्यु भएको उनीहरुको आरोप छ । मृत्यु भएका उरावको शव आफन्तले बुझ्न मानेका छैनन् । अस्पताल प्रशासनले भने धेरै मदिरा सेवनका कारण उरावको मृत्यु भएको जनाएको छ ।
अस्पतालका व्यवस्थापक निरोज श्रेष्ठले अस्पताललको समस्या समाधानको लागि प्रयास भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *