स्वतन्त्रताले पनि लज्जाले शिर निहुर्याउनु बाहेक विकल्प छैन : झमक घिमिरे
२०७८ फागुन ५ गते

काठमाडौँ । साहित्यकार झमक घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अश्लील शब्दसहित गालीप्रति टिप्पणी गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत नेताहरूका अहंकार बढेको भन्दै टिप्पणी गरेकी हुन् ।
याे पनि : प्रेम आलेले अश्लील शब्दसहित गाली गरेको अडियो सार्वजनिक
यस्ता अश्लील शब्दहरू सार्वजनिक पदमा बसेको व्यक्तिहरूबाटै आउन थालेपछि स्वतन्त्रताले पनि लज्जाले शिर निहुर्याउनु बाहेक विकल्प नभएको उनको भनाई छ । ‘ठूला ओहोदा, पद समालेका व्यक्तिहरूबाटै अश्लील शब्दका फोहोराहरू फुट्न थालेपछि स्वतन्त्रताले पनि लज्जाले शिर निहुर्याउनु बाहेक विकल्प छैन,’ साहित्यकार झमक घिमिरेले भनेकी छन्, ‘कति दिन होला यो अहंकार ?’
२०७८ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








