नेप्से १९ अंकले घट्यो, जम्मा ३ अर्बको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५३ अंकले बजार बढेको थियो भने बिहीबार भने दोहोरो अंकले घटेको हो ।

यस दिन सेयर बजार (नेप्से) परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ बिन्दुमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको बजार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ अंकले घटेर १८.६६ बिन्दुमा ओर्लिएको छ ।

यस दिन निर्जिवन बीमा र अन्य समूहका कम्पनीहरुको उपसूचक बढेको छ । यीबाहेक बाँकी सबै उपसमूहको सूचक घटेको छ ।

यस दिन ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर ३ अर्ब २ करोड ६३ लाख रुपैयाँमा कारोबार भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *