कैलालीमा शंकास्पद वस्तु फेला

धनगढी । कैलालीको लम्कीचुहामा शंकास्पद वस्तु फेला परेको छ । एमसीसीको विरोध गर्दै नेकपा माओवादी विप्लव लगायतका दलहरुले आयोजना गरेको नेपाल बन्दका दिन कैलालीमा शंकास्पद वस्तु फेला परेको हो ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको उक्त वस्तु बम भएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रविन विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *