विद्यालय समयमा कोचिङ कक्षा पढ्न/पढाउन नजान शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय समयमा कोचिङ कक्षा पढ्न/पढाउन नजान निर्देशन दिएको छ । मंगलबार सूचना जारी गर्दै मन्त्रालयले विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग, लगायतका तयारी कक्षा पढ्न तथा पढाउन नजान सामुदायक विद्यालयका शिक्षकलाई निर्देशन दिएको हो ।

निर्देशन उलंघन गरेमा शिक्षा नियमावली, २०५९ को नियम १३३ (१) अनुसार विभागीय सजाय हुने मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले सामुदायक विद्यालयमा अनुगमनको व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *