एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी, एमालेले अवरोध जारी राख्ने

काठमाडौँ । सरकारले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पेश गर्ने अन्तिम तयारी गरेको छ ।

प्रधान मन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर एमसीसी संसद्मा पेश गर्ने तयारी गरिएको जानकारी गराएका छन् । उनले मंगलबार सभामुखलाई टेलिफोन गरेर एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी भएकाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए ।

सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् । बैठकमा छलफल गरेर संसदमा एमसीसी पेश गर्ने सरकारले तयारी थालेको छ । तर संसद सचिवालयले भने बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखेको छैन ।

सरकारले प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्ने तयारी गरिए पनि एमालेले भने बैठकमा अवरोध कायम नै राख्ने जनाएको छ । एमालेले करिब छ महिनादेखि संसदको बैठकमा अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दे एमालेले संसदको बैठकमा अवरोध गर्दै आएको छ । बुधबारको बैठकमा पनि अवरोध जारी रहने एमालेले जनाएको छ ।

एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायम नै राख्ने बताए । उनले प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्नेबारे एमालेलाई केही जानकारी नगराएको बताए । उनले भने, ‘संसदमा हाम्रो अवरोध जारी छ । एमसीसीबारे हामीलाई केही थाहा छैन । हामीसँग कसैले केही छलफल गरेको छैन ।’ एमालेले संसद अवरोध जारी राख्न प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन सबै सांसदलाई निर्देशन समेत दिएको छ ।

सोमबार बसेको सर्वदलीय बैठकपछि सभामुख सापकोटाले राजनीतिक दलहरूमा एमसीसीबारे सहमति भए आफू बाधक नहुने बताएका थिए । उनले आफू ओम्पाएरको भूमिकामा रहेको भन्दै एमसीसीमा राजनीतिक दलहरूले नै निर्णय गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *