रुसले फेब्रुअरी १६ मा आक्रमण गर्नसक्ने युक्रेनी राष्ट्रपतिकाे संकेत

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रुसी आक्रमण हुनसक्ने घोषणा गरेका छन् ।

युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ ।’

उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका हुन । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।

रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिँदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा ‘छिटो र गम्भीर लागत’ लाग्ने बताएका थिए ।

बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि ‘अब कुनै पनि दिन आक्रमण हुनसक्ने’ चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *