सुनको भाउ तोलमा १२०० रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँ रहेको थियो ।

मंगलबार तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकोले नेपालमा पनि सुनको भाउ बढ्दो क्रममा रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + thirteen =