तेह्रथुमको म्याङ्लुङस्थित एक पसलमा आगलागी (भिडिओ)

काठमाडौँ । तेह्रथुमको म्याङ्लुङ नगरपालिकास्थित एक घरमा आगलागी भएको छ । बिहान ६ बजेतिर नगरपालिका -१ शान्तिटोलमा पसल रहेको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमकाअनुसार शिवकुमार खापुङको घरमा आगलागी भएको छ । खापुङ काठमाडौँ बस्दै आएका छन् भने घरमा अर्जुन अधिकारीले चिया/खाजा पसल सञ्चालन गर्दै आएका थिए । ग्यास लिक भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागी दमकल, प्रहरी र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आइसकेको छ । मानवीय क्षति भएको छैन भने भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

One thought on “तेह्रथुमको म्याङ्लुङस्थित एक पसलमा आगलागी (भिडिओ)

  1. शिवकुमार खापुङ्ग होइन पंगेनहाङ्ग हो उनि मोराहाङ्ग स्थायि ठेगान भइ हाल काठमाण्डौ वस्दै आएका वेलायति सेनाका पुर्व क्याप्टेन पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *