महाअभियोग दलहरूको छलफलबाट आएको हो : डा. कोइराला

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सबै दलहरूको छलफलबाट आएका बताएका छन् । महाअभियोग हठात्मा नभई दलहरूसँग छलफल गरेर मात्र आएको बताए ।

नोना कोइरालाको १४ औँ स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा काेइरालाले लामो समय न्यायपालिकालाई अन्यौलमा राख्न नमिल्ने भएकोले महाअभियोग दर्ता भएको बताए ।

‘न्यायपालिकालाई अन्यौलमा राखेर मुलुक अगाडि बढ्न सक्दैन, उनले भने, महाअभियोगका विषयमा शुरूदेखि नै दलहरूसँग छलफल चलाएर यो प्रस्ताव आएको हो ।’ न्यायपालिकासँग जोडिएर आएका विवाद समाधान गर्न प्रधानन्यायधिशले सम्वन्धित निकायसँग छलफल नगरेको उनको आरोप छ ।

डा. कोइरालाले एमसीसीलाई संसदमा लगेर छलफल गर्नुपर्ने बताए । एमसीसीको विषयलाई गिजोल्ने र अपठ्यारो पार्ने काम भइरहेकाले यस बारेमा जनतालाई प्रष्ट रूपले वुझाउनुपर्ने उनको तर्क छ । ‘यो विषयमा भारत चीन तथा अमेरिका लगायतका मुलुकले के भन्छ, के सोच्छ भन्ने हैन, उनले भने, यसलाई संसदमा लगेर छलफल गर्न डराउन हुँदैन ।

सोही अवसरमा नोना कोइराला स्मृति प्रतिष्ठानको कार्यालयमा स्थापना भएको केशव कोईराला र नोना कोइरालाको प्रतिमाको अनावरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *