नेपाली उत्पादनको प्रबर्द्धन गर्न ई–कमर्श कम्पनी

काठमाडाैँ । नेपाली उत्पादनको प्रबर्द्धन  गर्ने लक्ष्यसहित ई–कमर्श कम्पनी भेषभूषा सञ्चालनमा आएको छ ।

सोमबार काठमाडौं आयोजित कार्यक्रमकाबीच स्वदेशी र विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको ई–कमर्श कम्पनी भेषभूषाको महानायक राजेश हमालले शुभारम्भ गरे ।

भेषभूषामा हरेक नेपालीले आफ्नो उद्देश्य र पेसाअनुरूपको पहिरन, जीवन शैलीका सामानहरू छनोट गर्न ई–कमर्श कम्पनी भेषभूषा सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए । स्वदेशी र विदेशी ब्राण्डका कम्पनीहरूसँगको सहकार्यमा यो कम्पनी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

आगामी दिनमा सौन्दर्य प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा शुभारम्भ गर्ने लक्ष्य रहेका कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *