व्यापारीमाथि भएकाे आक्रमणको भर्त्सना

विराटनगर । उद्योगी श्रवणकुमार अग्रवाल माथि भएको आक्रमणको विराट व्यापार संघले भर्त्सना गरेको छ ।

सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यकारिणी सदस्य , उद्योगपति व्यवसायी श्रवणकुमार अग्रवाल माथि मिति २०७८ माघ २९ गते पवन शर्मा नामका व्यक्तिबाट भएको आक्रमणलाई अपराधिक एवं निन्दनीय सांघातिक आक्रमण भएको भन्दै घोर भर्त्सना गरेको हो ।

संघका अध्यक्ष सुजन थापाले जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो कारोबारको सिलसिलामा विराटनगर बजारतर्फ जाने कममा उद्योगपति अग्रवाललाई बाटोमा रोकी विनाकारण ज्यान मार्ने उद्देश्यले आक्रमण गरी गम्भीर रूपमा घाइते बनाएकोमा आक्रमण गर्ने शर्मालाई अविलम्ब कार्वाही गर्न माग गरिएको छ । व्यवसायी माथि भएको घटनामा संलग्नलाई कडा कानुनी कारवाहीका लागि प्रहरी प्रशासनमा अनुरोध गर्दछौँ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *