सत्यमोहन अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

६ दिनको अस्पताल बसाइँपछि उनी डिस्चार्ज भएका हुन् गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनलाई साेमवाद दिउँसाे अस्पतालबाट डिस्चार्ज गरिएकाे हाे ।

सम्बन्धितः सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ प्रकाशन हुँदै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *