लागूऔषधसहित एक युवती पक्राउ

धनगढी । लागूऔषध चरेशसहित धनगढी चौराहबाट प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-६ बस्ने २६ वर्षिया देउमती साउँद धनगढी बसपार्क क्षेत्रबाट पक्राउ परेकी हुन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १२ ग्राम चरेश बरामद गरेको छ । युवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *