पानी नआउँदाको महसुल मिनाह गर्नु पर्छ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को लागि सबैभन्दा ठूलो चुनौती माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्नु नै रहेको बताएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को १४औं वार्षिकोत्सव समारोहको आइतबार सिंहदरबारमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘केयूकेएलले ग्राहकहरुलाई पानी नआएकोमा पानी नआएको महसुल बक्यौता र जरिवाना छुट र मिनाह गर्ने नीति तयार गरी तुरुन्त व्यवस्थापन गर्न जरुरी छ,’ उनले भने । मन्त्री चौधरीले खानेपानीको समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महशुल निर्धारण गर्न मन्त्रालयले महशुल निर्धारण आयोग गठन प्रक्रिया अघि बढाएको बताए ।

मन्त्री चौधरीले नेपालमा उपलब्ध खानेपानीको गुणस्तरको नियमित जाँच गर्नु पर्ने आवश्यकता औंल्याउँदै उपभोक्ताहरुलाई प्रशोधित, शुद्ध र गुणस्तरिय पानी वितरण गर्न मन्त्रालयबाट विशेष अभियान संचालन गरिने जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय, केयूकेएल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच समन्वयात्मक कार्य गर्न आवश्यक देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =