जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडाफाँट भएको छ ।

२५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदक मध्ये ४८ हजार ७ सय ९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने २७ लाख ९ हजार ८ सय ५५ वटा आवेदनबाट ३ करोड ३१ लख ४७ हजार १ सय ५० कित्ताको लागि जम्मा आवेदन परेकोमा सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट १ लाख १८ हजार १ सय ५३ जना आवेदकबाट २४ लाख ३० हजार ३ सय २० कित्ता सेयरलाई आवेदन रद्ध भएको थियो ।

बाँकी २५ लाख ९१ हजार ७०२ जना आवेदकबाट प्राप्त ३ करोड ७ लाख १६ हजार ८ सय ३० कित्ता सेयर मध्ये सिडीएस एण्ड क्यियरीङ्ग लिमिटेडबाट ४८ हजार ४३ जना आवेदकलाई शंकास्पद सूचीमा समावेश गरेको र सो विवरणलाई रुजु गर्दा ४ हजार २ सय ९० जना आवेदकबाट प्राप्त ५० हजार ६ सय कित्ता सेयरहरु दोहोरो आवेदन परेकोले सो आवेदनलाई रद्ध गरिएको थियो ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई माघ २१ गते देखि २५ गतेसम्म सार्वजनिक निष्काशन खुला गरेको थियो । ५ लाख २२ हजार कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५

प्रतिशत बराबर २६ हजार १ सय कित्ता तथा कर्मचारीलाई ८ हजार कित्ता छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ६५.६३ गुणा सम्म आवेदन परेको थियो । त्यपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट केही समयपछि हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *