भ्यालेन्टाइन डेमा टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस अफर

काठमाडौँ । फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे (प्रेम दिवस) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको छ । यो अफर आइतबार (१ फागुन)  र सोमबार (२ फागुन)का लागि उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

सो अफरअन्तर्गत रु. ४९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बा अफर’ उपलब्ध हुने जनाएको छ ।

*1415*11#  डायल गररेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *