एमालेको निर्वाचन लक्षित प्रदेश स्तरीय प्रशिक्षण शुरू

विराटनगर । नेकपा एमालेको प्रदेश भेला विराटनगरमा शुरू भएको छ । स्थानीय तहको निर्वाचन लक्षित भेलामा स्थानीय तहका जनप्रतिनिधिलाई बाेलाइएको नेकपा एमालेले जनाएको छ । प्रदेश १ का विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, प्रदेश संसद तथा संघीय सांसदहरू सहितको प्रशिक्षण भएको नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

एमालेको स्थानीय तह निर्वाचन लक्षित तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण प्रदेश स्तरीय कार्यक्रममा केन्द्रीय नेताहरूको उपस्थिती छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली सहितका नेताहरूले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा अपनाइने रणनीति सहितको प्रशिक्षण दिने जनाइएको छ ।

कार्यक्रममा नेकपा एमाले संसदीय विभाग प्रमुख डा. शिवमायाँ तुम्बाहाम्फे, संघीय संसदका प्रमुख सचेतक विशाल भट्टराई लगायतले स्थानीय तहहरूमा एमालेको अहिलेको अवस्था, आगमी निर्वाचनमा एमालेको तयारी, जित्नका लागि अपनाइने रणनीतिहरूको बारेमा छलफलमा भाग लिनेछन् ।

पार्टीको आगामी रणनीति कस्तो हुने भन्नेमा केन्द्रित हुने एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिए । प्रशिक्षणको पहिलो दिन उपाध्यक्ष विष्णु पौडेलले विधान अधिवेशनबाट पारित भएका पार्टीको नीतिगत अबस्था, हिजोका संघर्ष र अहिलेको अप्ठेरोको बारेमा सहभागीलाई जानकारी गराएका छन् ।

यसैबिच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो चरित्रका कारण विदेशी शक्तिहरूले खेल्ने मौका पाएका बताएका छन् । आजै सुनसरीको इटहरीमा विदेशीको इशारामा गठबन्धन चलेको आरोप लगाए । पाँच दलीय गठबन्धन सरकारमा छलफल गरेर एमसीसी संसदमा टेबुल गर्न उनले सरकारलाई चुनौती पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *