बाटो बिराएकाे स्वीकार्दै पुनः राप्रपा नेपालमै फर्किए कमल थापा

काठमाडौँ । नेता कमल थापा आफैँले खोलेको र फेरि छोडेको दल राप्रपा नेपालको अध्यक्ष बनेका छन् । राप्रपा त्यागेपछि अर्को दल खोल्ने तयारी गरिरहेका उननले फेरि पुरानै दल राप्रपा नेपालमा फर्किने निर्णय गरेका हुन् ।

उनले आइतबार अपिल जारी गर्दै केही समयको अलमलपछि आफ्नो घर फर्केको बताएका छन् । राप्रपा नेपालले अब ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई आफ्नो मूल एजेन्डा बनाउने थापाले बताएका छन् ।

राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते हुने भन्दै यसअघि सँगै काम गरेकालाई प्रपा नेपालमा आवद्ध हुन समेत उनले आह्वान गरेका छन् ।

‘हिन्दु राष्ट्र, सुशासन र समृद्धिको मान्यताप्रति विश्वास गर्नुहुने स्वतन्त्र बुद्धिजीवी, नागरिक समाज, तथा विभिन्न दलमा आवद्ध रहेकाहरूलाई पनि राप्रपा नेपालमा साथ दिन सविनय अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अब दलको नयाँ अध्यक्षमा कमल थापा चुनिएको जानकारी आइतवार निर्वाचन आयोगलाई दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *