नेपाली कांग्रेसले सिन्धुपाल्चाेकमा वितरण गर्‍याे स्वास्थ्य सामाग्री

सिन्धुपाल्चाेक । नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं १ अन्तर्गत बाह्रबिसेमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले ‘पहिला जनता बचाऔँ, राजनीति पछि गरौँला’ भन्ने नाराका साथ स्वास्थ्य सामाग्री वितरण गरेका  हुन् ।

बाह्रबिसे नगरपालिका, लिसंखुपाखर गाउँपालिका, भोटेकोसी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकालगायतका पालिका अन्तर्गत पर्ने सम्पूर्ण घरपरिवार, बस्ती, स्कुल, कलेज, राष्ट्रसेवक कर्मचारी लगायत माझ पुग्नेगरी पारासिटामोल तथा मास्क हस्तान्तरण गरिएको बस्नेतले जानकारी दिए ।

उनले निःशुल्क वितरणका लागि ठूलो परिमाणमा पारासिटामोल लगायत स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गरिएको जानकारी दिए । अहिले जनताको जीवन रक्षा गर्ने र समस्या बुझ्ने पार्टी कांग्रेस मात्रै भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =