त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरको बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । एरोशानसँगको सहकार्यमा निर्माण गरिएको शौचालय शुक्रवार काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा महानगर प्रतिबद्ध रहेको पनि मेयर शाक्यले बताए ।

‘सहरमा सार्वजनिक शौचालय चाहियो भन्ने माग हुन्छ । तर फेरि आफ्नो नजिक नबनाइदिनु भन्ने शर्त हुन्छ । त्यसैले हामीले काम गर्दा विवाद आउला कि, काम रोकिएला कि भनेर डराउनुपर्छ’, मेयर शाक्यले भने, ‘हामीले बस्तीको बीचमा पनि कसैलाई असर नहुने शौचालय बनाउने भनेका थियौँ । हामीले बनाएका शौचालय दुर्गन्ध नआउने, शौचालय छ कि छैन थाहा नहुने खालकै छन् ।’

काठमाडौँ महानगरका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले शौचालयको गम्भीरता र आवश्यकताका आधारमा नमूना कामलाई विस्तार गर्नुपर्ने बताइन् ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकार, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, एरोशानका नेपाल प्रतिनिधि प्रकाश अमात्यलगायत उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *