महालक्ष्मीको नगर सभाले गर्‍यो तीन ऐन पारित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौँ नगर सभा सम्पन्न भएको छ । नगर सभाले तीन वटा ऐन तथा प्रस्तावहरू पास गरेको छ ।

नगरप्रमुख पर्शुराम नेपालले सभामा पेश भएका एजेण्डाहरुमाथि छलफल भएको थियो । सभामा पालिकाका जनप्रतिनिधिहरूको साँढे ४ बर्से कार्यकालको समीक्षा पनि गरिएको छ । कार्यकाल उपलब्धिमूलक भएको उनीहरूको निष्कर्ष छ ।

कतिपय अवस्थामा बजेट अभावले सोचे अनुरुप काम गर्न नसकिएको जनप्रतिनिधिहरूले बताएका छन् । सीमित स्रोत साधन र बजेटबाट उपलब्धि हासिल गर्न सकिएको उनीहरूको भनाइ छ। नगर सभामा सभाध्यक्ष एवं नगर प्रमुख नेपाल र उप-प्रमुख मञ्जु अधिकारीले हालसम्म नगरले गरेका मुख्य-मुख्य कामहरूको बारेमा जानकारी गराएका थिए ।

२०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो । २०७४ असार १४ गते भएको निर्वाचनबाट महालक्ष्मी नगरपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएका हुन् । उनीहरूको पाँच बर्से कार्यकाल सकिन लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेकाले वर्तमान जनप्रतिनिधिहरूको यो अन्तिम नगर सभा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *