एम्स कलेजको उत्कृष्ट नतिजा, ईश्वर चौलागाई भए प्रदेश प्रथम

विराटनगर । विराटनगर–९मा अवस्थित एम्स कलेजले त्रिभुवन विश्वविद्यालयले हालै प्रकासित गरेको बि.एच.एम. चौथो सेमेष्टको परीक्षाफलमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । चौथो सेमेष्टरमा सम्मिलति भएका विद्यार्थीहरु सतप्रतिशत उत्तिर्ण भएका हुन् ।

कलेजमा अध्ययनरत ईश्वर चौलागाईले उक्त सेमेष्टरमा ३.८३ नम्बर ल्याएर प्रदेश प्रथम भएका छन् । यसअघि एम्स कलेजमै अध्ययनरत विद्यार्थी प्रेक्षा पौडेल बि.एच.एम. दोस्रो सेमेष्टरमा नेपाल चौथो तथा प्रदेश प्रथम भएकी थिइन् ।

कलेजले आज एक कार्यक्रम गरी सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सि.एम. बस्नेतले भने,“ एम्स कलेज सिप, सँस्कार र प्रविधि मैत्री कलेज हो । विद्यार्थीहरुलाई गरिखाने बनाउने मात्र नभएर सार्वङ्गीण विकासका लागी कलेजले सबैथोकको व्यवस्था गरेको छ ।” भौतिक पूर्वाधार अब्बल हुनुका साथै सिकाई प्रमावकारी रहेको प्रमुख बस्नेतले बताए ।

कलेजका बि.एच.एम. कोओर्डिनेटर सुरेन्द्र मण्डलले आफूले लण्डनमा विद्यार्थीका रुपमा रहदा सिकेका कुरा आफ्ना विद्यार्थीलाई सिकाउँदै आएको र एम्सका विद्यार्थीहरु अन्य सामान्य विद्यार्थी भन्दा फरक हुने बताए । बि.एच.एम.का विद्यार्थीलाई आवश्यक सम्पूर्ण पूर्वाधार उबलब्ध भएको र रियल प्राक्टिकलको लागी ईन्डष्ट्रि नै स्थापना गरिदिएकोमा कलेज व्यवस्थापनलाई कोओर्डिनेटर मण्डलले धन्यवाद ज्ञापनसमेत  गरे ।

कार्यक्रममा दोस्रो सेमेष्टरमा प्रदेश प्रथम तथा नेपाल चौथो भएकी छात्रा प्रेक्षा पौडेलले आफ्ना अग्रजले देखाएको बाटो पैल्याउने र यसले थप प्रेरणा मिलेको कुरा गर्दै शुभकामना व्यक्त गरिन् ।

प्रदेश प्रथम भएका विद्यार्थी ईश्वर चाम्लागाईले कलेजले दिएको सिकाई र शिक्षाको उच्च सम्मान गर्ने र यो प्रेरणा सदैव कायम गर्ने बताए । एम्समा त्रि.वि.वि. बाट सम्बन्धन प्राप्त बि.बि.एस., बि.एच.एम र बि.एस.सि.सि.एस.आई.टि. कार्यक्रमहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =