सुदूरपश्चिम प्रदेश लोकसेवा रिक्त पदहरूमा विज्ञापन गर्ने तयारीमा

धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेशका मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा भर्ना खोल्ने तयारी गरेको छ । त्यसैअन्तर्गत रहेर बिहीवार प्रदेश मन्त्रिपरिषद् बैठकले रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने तयारी गरेको हो ।

संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार नै प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न आयोगलाई लेखी पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

प्रदेश लोकसेवा आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा २३ सय बढी स्वीकृत दरबन्दी रहेकोमा झण्डै ४५ प्रतिशत पद रिक्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *