प्रधान सेनापति सुदूरपश्चिममा, दार्चुला पुगेर टिंकर सडकको अनुगमन गर्ने

धनगढी । नेपाली सेनाका प्रमुख एवं प्रधान सेनापति प्रभुराम शर्मा सुदूरपश्चिम प्रदेश भ्रमणमा आइपुगेका छन् ।

रक्षा सचिवसहित सुदूरपश्चिम पुगेका प्रधान सेनापति शर्माले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीलगायतसँग भेटेका छन् । भेटघाटका क्रममा उनले शान्ति सुरक्षालगायतका विषयमा छलफल गरेका छन् ।

प्रधान सेनापति शर्माले प्रदेशको शान्ति सुरक्षा, विपद्का बेला सुदूरपश्चिम सरकारले गरेको भूमिकालगायत विषयमा जानकारी लिएको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

भेटघाटका क्रममा प्रदेशमा सेनाको अबको काम तथा योजनालगायतका बारेमा पनि छलफल भएको उनले बताइन् ।

धनगढीपछि प्रधान सेनापतिको टोली बिहीवार नै दार्चुला पुगेको छ । त्यहाँ पुगेर टोलीले लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषयमा समेत छलफल हुने जनाएको छ । साथै सेनाले निर्माण गरिरहेको टिंकर सडकको समेत अनुगमन गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *