अफगानिस्तानलाई मानवीय सहायतास्वरूप ३ करोड २० लाख डलर हस्तान्तरण

काबुल । अफगानिस्तानले मंगलवार मानवीय सहायतास्वरूप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।

अफगानिस्तानको केन्द्रीय बैंकले मंगलवार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन शुरू भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरूले सहयोग गरिरहेका छन् ।

अफगानिस्तानलाई खाद्यान्न औषधि तथा अन्य आवश्यक सहयोग जारी रहेको र मंगलवार मात्र ३ करोड २० लाख अमेरिकी डलर बराबरको रकम सहयोग प्राप्त भएको सो बैंकले जानकारी दिएको छ ।

अफगानिस्तानका लागि विभिन्न देश र संस्थाहरूले सहयोग गरिरहेकामा मंगलवार पनि सो सहयोग आएको यहाँको केन्द्रीय बैंक एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । सो बैंकले उक्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *