तीन वटा गाडी ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

विराटनगर। सुनसरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कोशी गाउँपालिका-६ मा स्कारपियो दुर्घटना हुँदा स्कार्पियोमा रहेका सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ का ५० वर्षीय दिलीप मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा कंकालिनी नगरपालिका ५ का ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय राम कुमार रजक, ४८ वर्षीय राम कुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेको छ ।

 प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकिराखेको अवस्थामा भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएर अनियन्त्रित हुँदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *