महेन्द्रनगरमा डिशहोम ‘डिलर दाइ’लाई सम्मान

काठमाडौँ । डिशहोमले आफ्ना ‘डिलरदाइ’हरूलाई सम्मान गरेको छ । महेन्द्रनगर सर्बिस सेन्टरमा एक कार्यक्रम गरेर उनीहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरिएको हो ।

महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याउने अत्तरियाका एसके लाइट हाउस ,अत्तरियाका उग्रतारा बिजुली भण्डार, धनगढीका लामा ट्रेडर्स, महेन्द्रनगरका केपी इन्टरप्राइजेज, पुनर्वासका अधिकारी इलेक्ट्रोनिक, वाणीका आर्या इलेक्ट्रोनिकलाई उपहार स्वरूप एकरएक थान ल्यापटप प्रदान गरिएको कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरूप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरू ल्याएको जनाएको छ । कम्पनीकाअनुसार डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *