भ्यालेन्टाइन्स डे’को अवसरमा ‘डोकोभरि माया’

काठमाडाैँ । भ्यालेन्टाइन्स डे’को अवसरमा स्मार्टडोकोले ‘डोकोभरि माया’ अफर ल्याएको छ । कम्पनीले अफरमार्फत ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि प्रेमपूर्वक उपहारहरु जस्तै परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२ प्रतिशतसम्मको छुट पाउनसक्ने जनाएको छ ।

यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्ने ३ भाग्यशाली ग्राहकहरुले २५ सय रुपैयाँको स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउन सक्नेछन् । कम्पनीका अनुसार यस अवसरमा ‘डोकोभरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको छ जहाँ ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन्। उपहारहरु निम्नअनुसार रहेका छन् :-

१. स्मार्ट रिस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
२. डट एण्ड कि कस्मेटिकस्, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
३. हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
४. कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलावको फूल

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।

साथै, ग्राहकले विहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् । स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा पाउन सक्नेछन् । यो अफर माघ २६ देखि फागुन १ सम्म मान्य हुने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *