प्रेस चौतारी नेपाल तेह्रथुमको अध्यक्षमा नेपाली

तेह्रथुम । प्रेस चौतारी नेपाल जिल्ला कमिटी तेह्रथुमको अध्यक्षमा उमेश नेपाली चयन भएका छन् । म्याङ्लुङमा भएको चौतारीको सातौँ जिल्ला अधिवेशनले उमेश नेपालीको अध्यक्षतामा १३ सदस्य नयाँ कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा तुलसीराम धमला र सावित्रा घोर्साने सचिवमा विनोद भट्टराई, उपसचिवमा विकास गुरुङ र रञ्जना घतानी, कोषाध्यक्षमा भीम भट्टराईलाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण विदुखी गौतमले जानकारी दिए ।

यसैगरी, सदस्यहरूमा बालिका लिम्बू, संयल विशंखे, रमेश खड्का, सरोज श्रेष्ठ, अनिल श्रेष्ठ, सुरेश खत्री चयन भएका छन् ।

अधिवेशनको उद्घाटन समारोहमा पत्रकार महासघका पूर्व केन्द्रीय सदस्य उद्धव तिम्सिना, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बाँस्तोला, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा म्याङलुङ नगरपालिकाका नगर प्रमुख सन्जय तुम्बाहाम्फे, एमाले प्रदेश कमिटी सदस्य कमला दर्नाल, जिल्ला कमिटीका उपसचिवहरू गणेश सोदेम्बा र छत्र रिमाल, निर्वाचन समितिका संयोजक तिर्थ कटुवालले सम्बोधन गरेका थिए ।

पत्रकार कार्कीलाई सम्मान
यसैबीच प्रेस चौतारी नेपाल तेह्रथुमले पत्रकार चन्द्र कार्कीलाई सम्मान गरेको छ । कार्कीले प्रेस चौतारीमा रही तेह्रथुम जिल्लामा व्यावसायिक पत्रकारिताको क्षेत्रमा कृयाशील भई सूचना तथा सञ्चारको माध्यमबाट महत्वपूर्ण योगदान गरेकाले सम्मान गरिएकाे चौतारीले जनाएको छ ।

कार्कीलाई म्याङलुङ नगरपालिकाका नगर प्रमुख तथा एमाले पार्टी उपाध्यक्ष संजय कुमार तुम्बाहाङफे, प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण विदुखी गौतमले प्रशंसा–पत्र सहित दोसल्ला ओटाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *