थापाको राजीनामापछि राप्रपा जुट्यो आन्तरिक छलफलमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक छलफलमा जुटेको छ । पूर्व अध्यक्ष कमल थापाले राप्रपा छाडेपछि राप्रपा आन्तरिक छलफलमा जुटेको हो । राप्रपाका प्रवक्ता माहन श्रेष्ठका अनुसार तत्काल बैठक बस्ने सम्भावना नभए पनि आन्तरिक छलफलमा जुटेको हो ।

काठमाडौँमा सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट अध्यक्ष पदमा पराजय भएपछि थापाले निर्मल निवासले चुनाव हराएको भन्दै पार्टीले छानबिन गर्नुपर्ने माग गर्दै आएका थिए । थापाले सोमबार राजधानीमा आफू निकटका नेताहरूको भेला गरेर माग सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम दिएका थिए ।

तर, अध्यक्ष लिङ्देनले छानबिन हुन नसक्ने जनाएपछि उनले पार्टी परित्याग गरेको बताइएको छ । मंगलवार हेटौँडामा पत्रकार सम्मेलन गरी थापाले आफू राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । त्यसलगत्तै उनले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीबाट राजीनामा गरेकाे जानकारी गराएका थिए । पार्टीभित्र हुनसक्ने सम्भावित क्षति रोक्न राप्रपाले आन्तरिक छलफल गरिरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *