समाजवादीनिकट कर्मचारी संगठन गठन

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन् ।

मोहन कुमार घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल गठन गरिएको मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा संगठनका संयोजक घिमिरेले १५१ सदस्यीय अधिवेशन आयोजक समिति र ३५ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए ।

उनले नेपाल निजामती कर्मचारी संगठनको सट्टा एकीकृत सरकारी कर्मचारी संगठन गठन गरिएको दावी गरे । प्रदेश, संघ र स्थानीय कर्मचारीको छाता संगठन स्थापना भएको र फागुन महिनाभित्र मातहतका कर्मचारी संगठनलाई सरकारी कर्मचारी संगठनमा रूपान्तरण गरिने उनले बताए ।

संगठनले ट्रेड युनियनभित्र देखिएको अर्थवाद, अवसरवाद र अराजकतावादको अन्त्य गर्दै एकीकृत ट्रेड युनियनको अवधारणा अवलम्बन गर्न माग गर्ने निष्कर्ष निकालेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *