एमालेले संसद बैठक अवरोध नगर्ने

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको बैठकममा अवरोध नगर्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार यसअघि एमालेले गर्दै आएको संसद अवरोध बुधबारबाट नगर्ने भएको हो ।

भट्टराईले मकालुखबरसँगकाे कुराकानीमा भने, ‘भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गर्दैन । नेताहरूको छलफलपछि संसद अवरोध नगर्ने भन्ने  भएको छ । अहिले माहोल अलि शान्त छ । सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा र माधवकुमार नेपाल लगायत १४ सांसदको कारबाहीको माग जारी रहन्छ । नेताहरूको छलफलपछि संसदमा धर्ना अवरोध नगर्ने भन्ने छ ।’

एमालेले नेपाल लगायतका १४ सांसदलाई सभामुख सापकोटाले कारबाही नगरेको भन्दै ९ औँ अधिवेशनको पहिलो बैठकबाट संसदमा अवरोध गर्दै आएको छ । आइतवार प्रधान मन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा संसद अवरोध हटाउने विषयमा छलफल भएको थियो ।

तर तीन दलको बैठकमा एमालेले माधव कुमार नेपाल लगायतका सांसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने अडान राख्दै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *