नर्सिङ लाइसेन्स परीक्षा फारम खुल्याे

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सको लाइसेन्स परीक्षा फारम खुलाएकाे छ ।

आगामी चैत्र १२ गते हुने नर्सको नाम दर्ता अर्थात् लाइसेन्स परीक्षाका लागि परिषद्ले सूचना प्रकाशन गरी आवेदन मागेकाे हाे ।

परिषद्ले फराम बुझाउने मिति माघ २६ देखि फागुन २६ गतेसम्म तोकेकाे छ । परीक्षा शुल्क नर्सको हकमा ३ हजार १०० रुपैयाँ र मिडवाइफरीको ४ हजार १०० रुपैयाँ तोकिएकाे परिषद्ले जनाएकाे छ ।

नर्सिङमा प्रमाण पत्र तह गरेका तथा बीएसी नर्सिङ गरेकाले आवेदन दिनसक्ने परिषद्ले सूचनामा भनेको छ । यस अवधिमा छुटेकाले दोब्बर दस्तुर तिरेर फागुन २७ देखि चैत्र ३ गतेसम्म फर्म भर्न सकिने जानकारी दिइएको छ ।

सूचनाः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *