बिहीबार घरबाट हिँडेका शिशिर अझै सम्पर्कविहीन

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका -९ शंखडोलबाट २७ वर्षीय शिशिर भण्डारी अझै सम्पर्कविहीन छन् । बिहीबार बिहानदेखि सम्पर्कविहीन भएका उनी अझै फेला पर्न नसकेको परिवारले जनाएको हो ।

सोही दिन सुन्दरीजलस्थित शिवपुरी राष्ट्रिय निकुञ्जका कर्मचारीले निकुञ्ज प्रवेशद्वारका देखिएको भन्ने अपुष्ट खबरसँगै त्यसक्षेत्रमा उनको खोजी भएको थियो । सुन्दरीजलको मुलखर्क र ओख्रेनीमा परिवार तथा आफन्तले खोजी गरेपनि शिशिर फेला परेका छैनन् ।

यो पनि : गोकर्णेश्वर ९ शंखडोलबाट युवक सम्पर्कविहीन

शनिबार एयरपोर्ट क्षेत्रमा चिया बेच्नेले बिहान ३ देखि ५ बजेसम्म उनलाई देखेको अपुष्ट जानकारी अनुसार प्रहरी र आफन्तले त्यसक्षेत्रमा पनि खाेजी गरेको थियो । बौद्ध प्रहरीले सम्पर्कविहीन शिशिरको मोबाइल फोन लुटेको आशंकामा ४ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । सोधपुछ गर्दा आफूहरूले बुधबार साँझ शिशिरको मोबाइल मात्र लुटेको बताएको प्रहरीको भनाई छ । उनी कहाँ छन् केही जानकारी नभएको बयान उनीहरूले दिएका छन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र हराएको शिशिरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन शिशिर भण्डारीलाई कसैले देखे नजिकको प्रहरी वा ९८०११२०८३१, ९८५१३१७३३८, ९८४९०५१५३८ र ९८४१४८२०२७ मा जानकारी गराइदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *