निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन स्थगित

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।

आयोगकाे निर्णयअनुसार सोमवार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुने छ भने मंगलवारदेखि मतदाता नामावली संकलन गर्न रोकिने छ ।

निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारीपछि सोमवार बसेको आयोगको बैठकले नामावली संकलन रोक्ने निर्णय गरेकाे हाे ।

निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *