स्थानीय निर्वाचन एकै चरणमा, ऐन संशोधन गर्नु नपर्ने

काठमाडाैँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गर्ने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्को सोमवारको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीले आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने बताए । मन्त्री कार्कीले निर्वाचन आयोगले नै जेठ ४ या वैशाख ३० गते चुनाव गर्दा कानुन संशोधन गर्नु नपर्ने जानकारी गराएको बताएका हुन् ।

यसअघि आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि प्रस्ताव गरेको तर सरकारले वैशाख ३० गते देशभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

यसअघि आयोगले सरकारलाई जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सुझाएको थियो ।

याे पनिः वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारकाे निर्णय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *