मन्त्रालय विस्तारमा असन्तुष्टि जनाउँदै मन्त्रीले गरे सपथग्रहण बहिस्कार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीले एकलौटी गर्न थालेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरु नै असन्तुष्ट हुन थालेका छन् । प्रदेश प्रमुखको कार्यालयमा  सपथग्रहण कार्यक्रम भइरहँदा सरकारको साझेदार कांग्रेसबाट मन्त्री भएका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सपथग्रहण स्थलमा गएनन् ।

उनी नजिकै रहेको एउटा नयाँ निर्माण हुदै गरेको बस्तीमा जनश्रमदानमा थिए । दिनभरी जसो नै श्रमदान गरेका कार्कीले सपथ ग्रहण गराउने बारेमा थाहा नभएको बताए । ‘मुख्यमन्त्री ज्यूले आज भोली भन्दै २/४दिन लगाइदिनु भएको थियो । सपग ग्रहणको ग्यारेन्टी थिएन’, उनले भने, ‘आफ्नो सेडियुलको कार्यक्रम बस्ती निर्माणमा स्वयमसेवकसँग श्रमदान गर्ने रहेकोले यो कार्यक्रममा आएको हुँ ।’

उनले यसअघि मन्त्रीपरिषदको बैठकले १२ वटा मन्त्रालय बनाउने भनेर गरेको निर्णय गरेपनि रातारात १३ वटा मन्त्रालय विस्तार गरेको भन्दै असन्तुष्टि जनाए । १२ वटा मन्त्रालय बनाउने सहमती क्याबिनेटबाट पास गरेको थियो ।  तर रातारात मन्त्रालय थपेर १३ वटा बनाएकोमा उनको असन्तुष्टि देखिन्थ्यो । मन्त्रालय विस्तार गर्नेबारेमा सम्बन्धित सत्ता साझेदार दल तथा मन्त्रीहरुसँग सल्लाहसमेत नगरेको आरोप कार्कीको छ ।

‘मन्त्रालय बढाएको बारेमा त्यही क्याबिनेटमा भएको मन्त्रीले संचारमाध्यामबाट थाहा पाउनु आश्चर्य जनक हो’, उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘यो आश्चर्यजनक हो, उहाँ (मुख्यमन्त्री)ले सरकारको काम गर्नु भएको हो या पार्टीको काम गर्नु भएको हो, त्यो हेक्का उहाँलाई हुनुपथ्र्यो ।’

बिहान फोन गरेर मुख्यमन्त्रीलाई सोध्दा हो भन्ने जानकारी आएको तथा दलको नेतालाई पनि मन्त्रालय विस्तार गरेको बारेमा थाहा नभएको र नसोधेको भनेपछि  सपथग्रहणमा जानु उपयुक्त नदेखेपछि आफू नगएको कार्कीले बताए ।

‘पब्लिकको सेन्टीमेन्ट मन्त्रालय नबढाउन भन्ने थियो, मन्त्रीपरिषदबाट भएको निर्णय विपरित मन्त्रालय थपिएकोले आफू साँक्षी बस्न मिल्दैन थियो’, कार्कीले भने, ‘सपथ ग्रहण बहिस्कार भन्दापनि बाघ कराउनु र बाख्रा हराउनुको संयोग मिलेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *